Close sidebar

चलचित्र ‘लाज शरणम्’ नेपालगन्जमा हाउसफुल

फाल्गुन १४, २०८१

नेपालगन्ज,यो वर्षकै प्रतिक्षितमध्येको एक चलचित्र ‘लाज शरणम्’ आज महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको छ । चलचित्रले आज देशभरीका सिनेमाघरमा उत्साहजनक व्यापार गर्ने अनुमान छ। चलचित्रले पाएको आजका शोजहरु लगभग सबै हाउसफुल भएका छन् ।

अग्रिम बुकिङ देखीनै चलचित्रको माहोल राम्रो हुँदा मल्टिप्लेक्सका सिनेमा हलहरूले शो थप्ने समेत तयारी गरेको हामीलाई प्राप्त जानकारी अनुसार धेरै सिनेमाहलहरुले शो बाढाएको अवस्था छ।
मोफसल नेपालगन्जको कुरा गर्नु पर्दा चलचित्रले आज सिनेमाघर सिने रोयलमा ५ शो र क्यु एफ एक्स सिनेमाजमा ३ शो गरि ८ शोमा प्रदर्शन हुँदैछ । जहाँ सिनेरोयलमा बिहानीको शो बाटै चलचित्रले हाउसफुलको प्रदर्शन यात्रा सुरु गरेको छ । भने क्यु एफ एक्स सिनेमाजमा पनि दर्शकको राम्रो उपस्थिति हुनुका साथै अन्य शोजमा पनि दर्शकको बाक्लो उपस्थिती रहने अनुमान छ ।

लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।
चलचित्रमा विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।

जेपिटी क्रियसनको ब्यानरमा बनेको चलचित्रका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया