Close sidebar

नेपालगन्जमा चलचित्र ‘मायावी’को हाउसफुलमय व्यापार, निर्देशक र कलाकारको तारिफ

फाल्गुन १४, २०८१

नेपालगन्ज,आज बुधबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘मायावी’ले देशभरका सिनेमाघरमा राम्रो ब्यापार गरिरहेको छ । दिवाकर भट्टराई निर्देशित चलचित्रलाई दर्शकले राम्रो साथ मिलेको छ । चलचित्रले राजधानी लगायत मोफसलका धेरै हलहरुमा हाउसफुलको व्यापार गरिरहेको छ। चलचित्रले नेपालगन्जको सिनेमघर सिनेरोयलमा पनि हाउसफुलको ब्यापार गरेको छ । भने क्यु एफ एक सिनेमाजमा पनि दर्शकको बाक्लो उपस्थिति देखिन्छ ।

लभ स्टोरी चलचित्र भएकाले पनि यतिबेल हलमा युवा दर्शकको चाप राम्रो देखिन्छ । चलचित्रका मुख्य कलाकारहरु पल शाह,दीपिका प्रसाई, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशिल सिटौला, राजाराम पौडेल, अन्शु महर्जन, नव–नायक समीम खानको अभिनयलाई दर्शकले तारिफ गरेका छन् ।

चलचित्र हेरेका अधिकांशले कथावस्तु र प्रस्तुतिले आँखा रसाएको बताए । लभ स्टोरी कथावस्तुमा एउटा मन छुने कथामा चलचित्र बनेको धेरै दर्शकको भनाई छ ।

धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा तयार भएको यो चलचित्रमा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता, राजु पराजुली र सुमित वली सह–निर्माता छन् ।

यस्तै, क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जन पनि यसका लगानीकर्ता हुन् । चलचित्रमा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया