Close sidebar

‘बागी ४’मा टाइगरको जोडी सारा

माघ २७, २०७७

बलिउड अभिनेत्री सारा अली खान र टाइगर श्राफको जोडी चलचित्र ‘बागी ४’ मा देखिने भएको छ । साराले टाइगरसँग पहिलो पटक स्क्रिन सेयर गर्दैछिन् । केहि समय अगाडी टाइगर र सारा ‘हिरोपन्ती २’मा रहने चर्चा चलेको थियो तर साराको नाम ड्रग्स केसमा जोडिएपछि उनको ठाउँमा तारा सुतारिया अनुबन्धित भएकी थिइन् । निर्माता साजिद नाडियाडवालाले सारालाई एक चलचित्रमा अभिनय गर्ने अवसर दिने बाचा गरेका थिए । साजिदले सोहि बाचा पुरा गर्न सारालाई ‘बागी ४’ मा अनुबन्धित गरेका हुन् ।

हाल अहमद खानको निर्देशन रहेको चलचित्र ‘हिरोपन्ती २’ को छायांकन भइरहेको छ । यो चलचित्रको छायांकन सकिएपछि टाइगरले ‘बागी ४’ को छायांकन सुरु गर्नेछन् । त्यस्तै, अभिनेत्री सारा हाल ‘अतरंगी रे’ मा व्यस्त छिन् । त्यसपछि उनी विकी कौशल अभिनित चलचित्र ‘अश्वथामा’ मा देखिदैछिन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया