Close sidebar

भारतका विभिन्न हलमा नेपाली ‘ज्वाइँ साब’

फाल्गुन २५, २०८१

चलचित्र ‘ज्वाइँ साब’ भारतका विभिन्न हलमा प्रदर्शन भइरहेको छ । नेपालमा दसैँमा रिलिज भएको चलचित्र भारतका विभिन्न सहरमा अहिले रिलिज भएको हो ।

डेनजोङ सिनेमा सिक्किम, द फेन्टासी सिनेमा वेस्ट बंगाल, विराज सिनेमा सिक्किम, एसभीएफ सिनेमा दार्जिलिङ, सविन किङडम सिलगुडी, ड्रिम थिएटर कालिङपोङ र इम्पेरियल थिएटर निामची सिक्किममा ‘ज्वाइँ साब’ प्रदर्शन भइरहेको निर्देशक वसन्त निरौलाले जानकारी दिए ।

नेपालीभाषी रहेका ठाउँमा ‘ज्वाइँ साब’ रिलिज भएको हो । दिल्ली, सुरत, मुम्बई, अहमदाबाद, हैदराबाद, देहरादुन, मोहली, चण्डीगढ, चेन्नेइ र गोवाहटीमा ‘ज्वाइँ साब’ रिलिज हुन बाँकी रहेको निर्देशक निरौलाले बताए ।

भारतका लागि निर्माता सुरेश आग्री र श्री दुन्दिर इन्टरटेनमेन्टको व्यानरमा यो चलचित्र प्रदर्शन भइरहेको हो ।

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको चलचित्रमा जितु नेपाल, नीती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।

रेड आइ फिल्मसको व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको सिनेमामा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया