Close sidebar

प्रदीपको जन्मदिनमा ‘पिताम्बर’को टिजर उपहार

फाल्गुन २६, २०८१

नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक भएको छ । फिल्मका प्रमुख कलाकार प्रदीप खड्काको जन्मदिनको अवसर पारेर निर्माण पक्षले सोमबार टिजर सार्वजनिक गरेको हो ।

बुढासुब्बा डिजिटलबाट सार्वजनिक टिजरमा फिल्ममा रहेको प्रदीपका दृश्यहरुलाई मात्र स्थान दिइएको छ । अधिकांश दृश्य एक्सनका छन् । प्रदीपले ‘पिताम्बर’मा विभिन्न समयमा दिएका एक्सन स्टन्टलाई टिजरमा प्राथमिकता दिइएको छ ।

केही दृश्यमा उनलाई सामान्य अवस्थाको पनि देखाइएको छ । टिजर हेर्दा फिल्मका लागि प्रदीपले निकै मेहनत गरेको देख्न सकिन्छ । यसअघि सार्वजनिक टिजर र गीत ‘म त फ्यान भए यार’ले चर्चा पाइरहँदा सार्वजनिक नयाँ टिजरले फिल्मलाई थप नयाँ हाइप दिनेमा निर्माण पक्ष ढुक्क छ ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।

फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् ।

कृषा चौलागाईको निर्देशन रहेको फिल्ममा विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता छन् । फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया