Close sidebar

‘घिन्ताङ’ मा गौरव र एलिजा पक्का

माघ ९, २०७७

निर्देशक दीपक श्रेष्ठले लामो समयको अन्तराल पछि चलचित्र ‘घिन्ताङ’ निर्देशन गर्ने भएका छन् । चलचित्रमा गौरव पहारी र एलिजा गौतम मुख्य भूमिकामा देखिने पक्का भएको छ । चलचित्रको छायांकन अब केही दिनमै सुरु हुनेछ ।
चलचित्रका लागि अभिनेता विपिन कार्कीसँग कुरा भए पनि व्यस्तताका कारण विपिनले समय दिन नसक्ने भएपछी उनको ठाउँमा अभिनेता गौरव पहारीलाई राखिएको हो ।

एक समयका चर्चित निर्देशक श्रेष्ठले ‘जीवन साथी’, ‘अजम्बरी माया’, ‘दु:ख’, ‘हिम्मत’, ‘पापी मान्छे’ लगायतका थुप्रै चलचित्र निर्देशन गरेका छन् । उनले निर्देशन गरेको पछिल्लो चलचित्र ‘रङ वे’ थियो । ‘अनुराग’ बाट डेब्यु गरेकी एलिजाको यो दोस्रो चलचित्र हो ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया