नारायण वाग्लेको चर्चित उपन्यास ‘पल्पसा क्याफे’ माथि नाटक बन्ने भएको छ । विमल सुवेदीले निर्देशन गर्ने नाटकमा अभिनेत्री स्वस्तिमा खड्काले मुख्य भूमिकामा अभिनय गर्नेछिन् । मंगलबार एक पत्रकार भेला मार्फत नाटकबारे जानकारी दिईएको हो ।
थिएटर भिलेजको प्रस्तुति र मण्डला थिएटरको सहकार्यमा नाटक तयार गर्न लागिएको हो । नाटकमा स्वस्तिमाको साथमा समापिका गौतम, साजन कुमार सुनुवार, जेनु सुनुवार, दिपेश राई, बच्चु हिमान्सु, रामकृष्ण परियार, निमा शेर्पा, पूर्णिमा आचार्य, सुष्मा राई, रोशन निरौला र कपिल राईको अभिनय रहनेछ । सुरज सुवेदीले उपन्यासको नाट्यरुपान्तरण गरेका हुन् । नाटकको मन्चन चैत्र या बैसाखमा हुनेछ ।’पल्पसा क्याफे’ ले २०६१ को मदन पुरस्कार प्राप्त गरेको थियो ।