Close sidebar

छायांकनमा आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’

माघ ६, २०७७

सरकारले मंसिरको अन्तिम साताबाट चलचित्र छायांकनका लागि अनुमति दिएपछि चलचित्र निर्माताहरु छायांकनमा जुटिरहेका छन् । यसैबीच कोरोना भाइरसका कारण छायांकन रोकिएको चलचित्र ‘डिसेम्बर फल्स’ फ्लोरमा गएको छ । जस्मा आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको शीर्ष भूमिका रहनेछ ।

निर्माण टिमले आइतवार पोखराको बिन्दबासिनी मन्दिरमा शुभमुहूर्त गरेको हो । निर्माता लक्ष्मण रिजालका अनुसार चलचित्रको केही दृश्य पोखरामा छायांकन हुने छ । त्यसपछि टिम मुस्ताङ प्रस्थान गर्ने छ । चलचित्रमा सलोन बस्नेत, शिवहरि पौडेल, दयाराम दाहाल, नरेश भट्टराई लगायतका कलाकारको समेत अभिनय रहने छ ।

चलचित्रलाई छायांकन महेश आर गुप्ताले गर्नेछन् भने विपिका खनालले कथा तयार पारेकी हुन । प्रविण झाले निर्देशन गर्ने यो चाल्चित्रमा उमेर अन्तरका युवायुवतीबीचको प्रेम हेर्नपाइेने छ । वर्ष २०७८ को साउन १ गतेलाई चलचित्रको प्रदर्शन मिति तोकिएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया