दिकिला शेर्पाले सहमति भंग गरेपछि निर्माता रोहित अधिकारीले चलचित्र ‘माइतीघर’मा नायिका रिप्लेस गरेका छन् । यो चलचित्रबाट दिकिलालाई डेब्यू गराउने तयारी रोहितको थियो ।
तर, यो चलचित्र भन्दा अगाडि रिलिज र छायांकन हुन लागेको चलचित्र ‘कुस्ती’मा दिकिला अनुबन्धित भएपछि निर्माता अधिकारी आक्रोशित बनेका थिए । यसैले, अब उनले चलचित्रमा नयाँ नायिकालाई अनुबन्धित गरेका छन् ।
चलचित्रमा अब सिक्किममा रहँदै आएकी श्यामा श्री शेर्पाको प्रवेश भएको छ । श्यामाश्रीले छोटो चलचित्र ‘तारा’मा काम पनि गरिसकेकी छिन् । यस्तै उनी, ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी समेत भइसकेकी छिन् । यो चलचित्र आउँदो बर्षको दशैंको फूलपातिबाट रिलिज हुनेछ ।
मिलन तामाङको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा केदार घिमिरे, प्रकाश सपुत, धिरज मगर, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरू फाइनल भइसकेका छन् ।