Close sidebar

चलचित्र ‘डोरी’ को नयाँ पोस्टर सार्वजनिक

माघ १३, २०८१

चैत्र १५ देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुने चलचित्र ‘डोरी’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरले चलचित्रको पात्र र कथावस्तुको झलक प्रस्तुत गरेको छ । पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन र राज थापालाई प्रस्तुत गरिएको छ ।

पोस्टरको केन्द्रमा अभिनेत्री बराइलीलाई पारम्परिक पोसाकमा मुस्कानसहित देखाइएको छ, जसले चलचित्रको सांस्कृतिक पृष्ठभूमिको सङ्केत गर्छ । अन्य पात्रहरूको विभिन्न भावभङ्गीमा देखिएको उपस्थिति कथावस्तुमा रहेको विविधतालाई दर्साउँछ ।

पोस्टरमा मुख्यतः दुई पात्रहरूलाई विशेष रोचक ढङ्गले प्रस्तुत गरिएको छ—एक पात्रले हास्यव्यङ्ग्य झल्काउने भावमा छ भने अर्को पात्र अत्यन्त आक्रोशित मुद्रामा देखिन्छ । यसले कथावस्तुमा हास्य, सङ्घर्ष, र गम्भीर भावनाहरूको मिश्रण रहेको सङ्केत दिन्छ । पोस्टर डिजाइन विजय बस्यालले गरेका हुन् ।

‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । यसमा वीरेन्द्र सिंह कुशवाहाको पनि अभिनय रहेको छ । चलचित्रमा निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माताको रूपमा राज थापाले जिम्मेवारी सम्हालेका छन् । ‘डोरी’मा स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया