Close sidebar

‘काकु’ले निर्देशन गर्ने ‘परान’को औपचारिक घोषणा

माघ १०, २०८१

देशकै प्रतिष्ठित व्यवसायीक घराना गोल्छा समूहका शेखर गोल्छाले चलचित्र ‘परान’ निर्माण गर्ने भएका छन् । बुधवार आयोजित एक कार्यक्रमका विच शेखर गोल्छा तथा ‘प्रिज्मा एड्भटाजिङ’ प्रमुखको संयुक्त स्वामित्वमा रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिको व्यानरमा यो चलचित्रको औपचारिक घोषणा गरिएको हो ।

दीपक प्रसाद आचार्य ‘काकु’ले निर्देशन गर्ने यो चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रवीण खतिवडा, वुद्दि तामाङ, महेश त्रिपाठी, अन्जना बराइली, पूजा चन्द, सुभाष गजुरेल, यमन श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहनेछ । यस्तै चलचित्रमा आर्य दीप आचार्यले बाल कलाकारको रुपमा काम गर्नेछन् । फागुनको पहिलो साताबाट चलचित्रको छायांकन हुने बताइएको छ ।

कार्यक्रममा निर्माता शेखर गोल्छाले भने–‘उद्योग बाणिज्य महासंघको अध्यक्षका हैसियतमा जिल्ला जिल्लामा हुने महोत्सवहरुमा प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रममा नेपालीपन नदेख्दा त्यस्ता कार्यक्रममा जानै नपरे हुन्थ्यो जस्तो लाग्थ्यो । हामीले चलचित्र निर्माण गर्नुको पछाडि नेपालीपन र संस्कृतिको समृद्धिका लागि हो ।’

यस्तै, निर्माता रञ्जित अधिकारीले सन् २०१९ मै चलचित्रमा आउने योजनासहित कम्पनी खडा गरेपनि कोभिडका कारण काम सुरु गर्न नसकेको बताए । उनले, अब निरन्तर नेपाली चलचित्र बनाउने योजना अनुसार अगाडि आएको तर्क गरे ।

यो चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, मित्र देव गुरुङको सम्पादन रहनेछ । चलचित्रले बाबु र छोरीको कथा भन्नेछ । कार्यक्रममा चलचित्र र निर्माण कम्पनीको लोगो समेत सार्वजनिक गरिएको थियो ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया