Close sidebar

‘मिसिङः केटी हराएको सूचना’को भव्य प्रिमियर

माघ १०, २०८१

भोलि शुक्रबारबाट रिलिज हुने चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ले बुधबार साँझ ललितपुरको लबिम मलमा भव्य प्रिमियर शोको आयोजना गरेको छ । मियरपछि चलचित्र हेर्ने अधिकांश चलचित्रकर्मीले चलचित्रको कथावस्तुसँगै कलाकारको अभिनय, निर्देशकीय पक्ष, प्राविधिक पक्षको तारिफ गरेका छन् ।
नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टारर मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, मिरुना मगर, दिया मास्के, मेनुका प्रधान, निश्चल बस्नेत, छविराज ओझालगायत पुगेका थिए ।

अभिनेत्री प्रियंका कार्कीले आफूहरुले हेरिरहेको मूलधारका चलचित्रभन्दा फरक रहेको बताइन् । उनले आफूले ‘इन्जोय गरेको खुलाइन् । अभिनेता आयुष्मान देशराज जोशीले नेपाली चलचित्रमा चलिरहेको जनराभन्दा फरक जनराको फिल्म भएकाले राम्रो लागेको बताए ।

निर्देशक निश्चल बस्नेतले निर्देशक दीपेन्द्र गौचनको चलचित्र हेर्ने धेरै पहिलेदेखि इच्छा भएकोमा त्यो इच्छा पुरा भएको बताए । उनले निर्देशकले आफूले भन्न मन लागेको कुरा चलचित्रको माध्यमबाट भनेको जनाए ।

अभिनेत्री दिया मास्केले एकदमै सामान्य, फ्रेस र आफूलाई मनपर्ने तरिकाले बनाएको चलचित्र भनी प्रतिक्रिया दिइन् । डीसिएनका अशोक शर्माले चलचित्रमा दर्शकले नयाँ स्वाद पाउने बताए । अभिनेत्री केकी अधिकारीले आफूलाई यस्तो कथाको चलचित्र हेर्न एकदमै मनपर्ने बताइन् । उनले स्लोपेसमा डिटेल्समा बनाइएका चिज राम्रो लाग्ने खुलाइन् ।

अभिनेत्री मिरुना मगरले सृष्टिको काम देखेर आफू खुशी भएको बताइन् । निर्देशक प्रदीप भट्टराईले निर्देशक दीपेन्द्र गौचनबाट रेगुलर फिल्मको अपेक्षा नभइरहेको अवस्थामा उनले फरक तरिकाले कथा भनेको बताए । निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले मधेश प्रदेशले यो चलचित्रलाई सहयोग गर्नुपर्ने बताए । विषयवस्तु र पर्यटकीय हिसाबले फिल्म राम्रो रहेको उनले खुलाए ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्र ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । चलचित्रमा दीपेन्द्र गौचनको लेखन र निर्देशन छ ।चलचित्रमा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । चलचित्रमा अमितेष शाह विशेष भूमिका छन् ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको चलचित्रमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ । ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको चलचित्र एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया