Close sidebar

‘दुःखी आत्मा’को नयाँ गीतको छायांकन सम्पन्न

माघ ८, २०८१

टिजर र ब्रेकअप कविताका कारण चर्चामा रहेको चलचित्र ‘दुःखी आत्मा’को नयाँ गीतको छायांकन गरिएको छ । भक्तपुर दरबार स्क्वायर परिसरमा यो चलचित्रको एक रोमान्टिक गीतको छायांकन गरिएको हो ।

यो गीतको भिडियोमा नायक दयाहाङ राई र नायिका आँचल शर्मालाई फिचरिङ गरिएको छ । केही दिनमै गीतको भिडियो सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ ।

फागुनको २ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् । गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । गीतमा केतन क्षेत्रीको संगीत, ईश्वर कार्कीको शब्द तथा कम्पोज छ ।

आलोक शुक्लाको छायांकन रहेको यो चलचित्रलाई हिमाल कडरियाले निर्माण गरेका हुन् । सुदिप ढकाल कार्यकारी निर्माता रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन छ ।

सामाजिक संजाल टिकटकमा यो चलचित्रको ‘ब्रेकअप कविता’ भाइरल भइरहेको छ । चलचित्रमा अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतका कलाकारहरूको पनि अभिनय छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया