चलचित्र ‘परान’लाई गोल्छा समूहले निर्माण गर्ने भएको छ । कलाकार तथा निर्देशक दीपक आचार्य ‘काकु’ले यो चलचित्रलाई निर्देशन गर्दैछन् । ‘सक्किगोनि’ टिमले बनाएको चलचित्र ‘लाज शरणम्’मा असमझदारी कायम भएपछि बाहिरिएका दीपकले यो चलचित्र बनाउन लागेका हुन् ।
निर्देशक आचार्यको यो डेब्यु निर्देशन हो । बुधबार यो चलचित्रको औपचारिक रुपमा घोषणा हुँदैछ । बाबु र छोरीको कथा पेस गर्ने यो चलचित्रमा नीर शाह, प्रवीण खतिवडा, अन्जना बराइली, महेश त्रिपाठी लगायतका कलाकारहरूको मुख्य भूमिका रहनेछ ।
बायस्कोप सिनेमाको व्यानरमा यो चलचित्रलाई निर्माण गर्न लागिएको हो । चलचित्रले व्यवसायीक रुपमा राम्रो कमाई गर्न थालेपछि उद्योग पति आकर्षित भएका छन् । यसको उदाहरण ‘परान’ पनि हो । चौधरी ग्रुप, गुण समूहले चलचित्र बनाइरहेका छन् ।