Close sidebar

‘आउटलः दफा २१९’मा शरीरमा आगो लगाएर एक्सन गर्दै सुशील

माघ ७, २०८१

प्रतीक्षामा रहेको चलचित्र ‘आउटलः दफा २१९’ फागुनको २९ गतेबाट रिलिजमा आउँदैछ । यो चलचित्र नायक सुशील श्रेष्ठको एक्सनका कारण चर्चा छ । सुशिलले नेपाली चलचित्रमा अहिलेसम्म प्रयोग नभएको एक्सन गरेको दाबी निर्माणपक्षको छ ।

चलचित्रलाई विक्की महर्जनले लेखन तथा निर्देशन गरेका हुन् । केही हप्ता अगाडि मात्र यसको टिमले ४० लाख खर्च गरेर एउटा एक्सनको दृश्य छायांकन गरेको छ । अब, भने चलचित्र रिलिजका लागि पूर्ण रुपमा तयार भएको निर्माणपक्षको भनाई छ ।

यसैबिच, यो चलचित्रका लागि सुशील आफ्नो शरीरमा आगो लगाएर एक्सनको दृश्य दिएका छन् । यो दृश्यका लागि सुशीलको शरीरमा आगो लगाइएको थियो र उनले एक्सन गरेका थिए । यो दृश्य दर्शकका लागि विशेष हुने निर्माणपक्षको भनाई छ ।

यसले, पनि सुशीलको मिहिनेत चलचित्रमा कति छ भन्ने प्रष्ट हुन्छ । निर्माणपक्षका अनुसार, चलचित्रमा करिब ५० मिनेट एक्सन छ । जसलाई हलिउड र कोरियन स्टाइलमा कोरियोग्राफी गरिएको छ ।

टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको यो चलचित्रमा अमित अग्रहरिको लगानी छ । चलचित्रमा सुशीलको साथमा शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, सोनु लागुन, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय छ ।

चुल्ठे काजीको एक्सन रहेको यो चलचित्रमा साहिल खानको सम्पादन नविन गुरुङको डीओपी छ । विनोद कठायत कार्यकारी निर्माता रहेको चलचित्रमा विकास चौधरी सह–निर्माताको रुपमा छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया