Close sidebar

‘माइतीघर’मा धिरजको इन्ट्रीसँगै कलाकारको लाइनअप पूरा

माघ ७, २०८१

रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको चलचित्र ‘माइतीघर’मा कलाकारहरुको लाइनअप पुरा भएको छ । चलचित्रको मुख्य भूमिकामा नायक धिरज मगरको इन्ट्री भएसँगै मुख्य कलाकारहरुको लाइनअप पुरा भएको हो ।

निर्माता रोहित अधिकारी र नायक धिरज मगरसँग कागजी संझौता भएको हो । चलचित्रमा तीन स्टार कलाकारहरुले काम गर्ने पक्का भएको छ । चलचित्रमा कलाकार केदार घिमिरे र प्रकाश सपुत पनि फाइनल भइसकेका छन् । चलचित्रमा नायिका उपासना सिंह ठकुरी र नव–नायिका दिकिला शेर्पा पनि अनुवन्धित भइसकेका छन् भने वुद्दि तामाङको पनि मुख्य भूमिका रहनेछ ।

यो चलचित्रको छायांकन केही महिनामा सुरु गर्ने तयारी निर्माणपक्षले गरेको छ । चलचित्रलाई आउँदो बर्षको दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ । दशैंमा एउटा शोज पाएपनि चलचित्र रिलिज गर्ने घोषणा निर्माता रोहित अधिकारीले गरिसकेका छन् ।

मिलन तामाङको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा रविन शेरचन र धिरज तामाङको लगानी रहनेछ । चन्द्रकुमार दोङको कथा रहेको चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको संवाद छ । चलचित्रका कार्यकारी निर्माता ईश्वरी श्रेष्ठ हुन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया