Close sidebar

‘मिसिङः केटी हराएको सूचना’को अग्रिम बुकिङ खुला

माघ ७, २०८१

दीपेन्द्र गौचनको लेखन र निर्देशनमा बनेको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को अग्रिम बुकिङ खुला गरिएको छ।

यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको यो चलचित्रका लागि देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले अग्रिम बुकिङ खुला गरेको हो। देशभरका अन्य मल्टिप्लेक्समा भने बुकिङ खुला हुन बाँकी छ ।

क्यूएफएक्सले यो चलचित्रलाई उपत्यकामा २५ र उपत्यका बाहिर ३५ गरी कुल ६० शो प्रदान गरेको छ। उपत्यकामा भक्तपुर, छायाँ सेन्टर, सिटी स्क्वायर मल, सिभिल मल, दरबार सिनेप्लेक्स, लबिम मल र राइजिङ मलमा शो हुनेछन्। त्यस्तै, उपत्यका बाहिर विराटनगर, भाटभटेनी बुटवल, नेपालगञ्ज, नारायणगढ, जलमा, बिर्तामोड, दमौली, इटहरी, वीरगञ्ज र पोखरामा प्रदर्शन गरिनेछ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता र ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको चलचित्रमा नाजिर हुसेन, सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय रहेको छ। चलचित्रमा अमितेष शाह विशेष भूमिकामा देखिनेछन्।

चलचित्रका कार्यकारी निर्माता नकिम उद्दिन रहेका छन् भने सह-कार्यकारी निर्मातामा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन र सञ्जय भट्टचन रहेका छन्। सहायक निर्मातामा अमितेष शाह रहेका छन्।

चलचित्रको कथा र लेखन दीपेन्द्र गौचनले गरेका छन् भने सहायक लेखन अमित पोखरेल र अमितेष शाहले गरेका छन्। अमित पोखरेलले स्क्रिप्ट सुपरभिजन गरेका छन्।

चलचित्रमा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको गीत लेखन, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफी रहेको छ। चलचित्रको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्दैछन्।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया