नायक तथा निर्देशक विराज भट्टले छोरा समीर भट्टलाई महँगो गाडी उपहार दिएका छन् । उनले छोरा समीरलाई ‘ल्याण्ड क्रुजर २५०’ उपहार दिएका हुन् ।
विराज चावहिलस्थित टोयोटाको शोरुमा पुगेर गाडी किनेका शोरुममा नै केक काटेका थिए । चलचित्र ‘१२ गाउँ’बाट १० करोड भन्दा बढी नाफा कमाएपछि उनले यो महगो गाडी उपहार दिएका हुन् ।
केक काटेपछि विराज आफैले गाडी चलाएर निस्केका थिए । यो गाडी विराजले समीरलाई पूर्व पुगेर दिनेछन् । समीर हाल चलचित्र ‘बलिदान’को सेटमा व्यस्त छन् ।
‘१२ गाउँ’ले नेपाली बक्स अफिसमा मात्र २० करोड माथिको ग्रस कलेक्शन गरेको थियो । विदेशी बजार र डिजिटल राइट्सबाट पनि विराजले राम्रो रकम कमाएका थिए ।