बाइस्कोप सिनेमाको प्रस्तुतिमा चलचित्र ‘परान’ बन्ने भएको छ । यो चलचित्रको प्रमुख भूमिकामा नायिका अञ्जना बराइलीले काम गर्ने पक्का भएको हो ।
चलचित्र ‘डोरी’को छायांकन सकाएकी उनले अब नयाँ चलचित्र ‘परान’मा काम गर्ने पक्का गरिएको निर्माणपक्षले जनाएको छ ।
दीपक प्रसाद आचार्यको लेखन तथा निर्देशन र यम प्रसाद थापाको पटकथा तथा संवाद रहने छ । यस चलचित्रमा अञ्जना ‘रुपा’को भूमिकामा देखिदैछिन् । यो चलचित्रमा रञ्जित आचार्य र शेखर गोल्छाको लगानी रहनेछ ।