Close sidebar

‘रंगी’मा समावेश पहिलो गीत ‘छ भने माया’ – भिडियो

पुस २८, २०८१

सलोन बस्नेतको प्रस्तुतिमा तयार भएको चलचित्र ‘रंगी’मा समावेश ‘छ भने माया’ बोलको गीत सार्वजनिक भएको छ । काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा लोकलयमा आधारित यो गीत रिलिज गरिएको हो ।

आनन्द कार्की र सुजता केसीको स्वर रहेको गीतमा दुर्गेश थापाको शब्द तथा संगीत छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन् ।

प्रेम दिवसको अवसर पारेर फागुनको २ गतेबाट रिलिजमा आउने यो गीतको भिडियोमा मुख्य कलाकारहरु सलोन बस्नेत, दीलिप रायमाझी, नम्रता श्रेष्ठ, आयुषी ढकाल, विशाल पहारी, उत्तम केसीको नृत्य छ ।

सुरेश न्यौपानेको डेब्यू निर्देशनमा तयार भएको चलचित्रमा करिश्मा केसी बस्नेत, सक्षम सुवेदी र अनिष गौतमको लगानी छ । यो चलचित्रले बाबु र छोरीको कथा भन्छ । सुमन गजमेरको लेखन रहेको चलचित्रमा कविराज र शिशिर खातीको कोरियोग्राफी, सौरभ र इश्वर सिन्केमानाको डीओपी छ ।

चलचित्र ‘रंगी’ आफ्नो लागि विशेष भएको नायक तथा प्रस्तुतकर्ता सलोनको भनाई थियो । उनले भने–‘यो चलचित्र मेरा लागि विशेष छ । किनकी, मेरो घरमा छोरीको जन्म भएपछि नै यो चलचित्र पनि जन्मिएको हो । यसैले, मैले यो चलचित्र आफ्नो करिअरको नयाँ सुरुवातको रुपमा हेरेको छ ।’

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया