चलचित्र ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्कै’ सार्वजनिक गरेको छ । भिडियोमा प्रकाश र स्वस्तिमाको साथमा खगेन्द्र पुन, प्रभात पल, श्री सिभान्सी लगायतका कलाकारहरुलाई देख्न सकिन्छ । यो गीतको भिडियोलाई मौसम हिमालीले कोरियोग्राफी गरेका हुन् ।
प्रकाश सपुतको कथा, संगीत र निर्देशनमा तयार भएको यो चलचित्रको मुख्य भूमिकामा प्रकाश र स्वस्तिमा खड्का छन् ।
गीतमा प्रकाश सपुत र शान्तीश्री परियारको स्वर छ । सुनिल वीक मुख्य सहायक निर्देशक रहेको यो चलचित्रले वि.सं २०५२ सालदेखि वि.सं २०६३ सालसम्मको कथा भन्छ ।
मोहन विश्वकर्मा र विन्दु बोहराको लगानीमा तयार भएको यो चलचित्रमा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ कार्यकारी निर्माता, प्रविण भट्टको सम्पादन र सुशन प्रजापतिको छायांकन छ । यो चलचित्र आगामी चैत्रको २२ गतेबाट रिलिज हुँदैछ ।