Close sidebar

‘पिताम्बर’को नयाँ पोस्टर सार्वजनिक

पुस २३, २०८१

कृषा चौलागाइको निर्देशनमा तयार भएको चलचित्र ‘पिताम्बर’को पोस्टरमा नायक सौगात मल्ल भर्सेस प्रदीप खड्का देखिएको छ । यो चलचित्रको सार्वजनिक नयाँ पोष्टरमा यी दुइको एक अर्कासँगको लडाई देखाइएको हो ।

चलचित्रको टिजर पौष २९ गते सार्वजनिक गर्ने तयारी गरिएको छ । तर, टिजर सार्वजनिक गर्नु अगाडि यसको टिमले सार्वजनिक गरेको नयाँ पोष्टरमा सौगात र प्रदीप आमुन्ने सामुन्ने देखिएका छन् ।

चैत्रको २९ गतेबाट रिलिजमा आउने पक्का भएको चलचित्रको निर्माणमा उच्च रकम खर्च भएको र एउटा लोभलाग्दो एक्सन चलचित्र बनाएको दाबी निर्माणपक्षको छ ।

नेपाली चलचित्र क्षेत्रका दुई सुपरस्टारहरु प्रदीप खड्का र सौगात मल्लको एक्सन हेर्न दर्शक पक्कै पनि उत्सुक हुने देखिएको छ ।

विशाल चौलागाइको निर्माणमा तयार भएको चलचित्रमा प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई, अनुप विक्रम शाही, दिव्य देव, प्रमोद अग्रहरि, दिव्या रायमाझी, सुरक्षा पन्त, सुपुष्पा भट्ट लगायतका कलाकारहरुको अभिनय छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया