Close sidebar

‘जुना’को दोस्रो पोस्टर सार्वजनिक

पुस २३, २०८१

चलचित्र ‘जुना’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । माघको २५ गतेबाट रिलिजमा आउने यो चलचित्रको दोस्रो पोस्टरमा मुख्य कलाकारहरू अस्मिता ढकाल र कृष्णप्रसाद धितालललाई प्रस्तुत छन् ।

बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको यो चलचित्रको सार्वजनिक पोस्टरमा विवाहित अस्मिताको काखमा सन्तान बोकेर निराश भावमा कतै टोलाएको देख्न सकिन्छ ।

गोदावरी फिल्मस् प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्रमा देशभक्त खनाल, रश्मि भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ ।

जीवन सेञ्चुरीले निर्देशन गरेको यो चलचित्र पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको यो चलचित्रमा दीपकप्रसाद घिमिरेको लगानी छ । चलचित्रमा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेन्चुरी र भीमबहादुर पौडेलको शब्द, रामेश्वर हुमागाँइको डीओपी छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया