फागुनको २ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘दुखी आत्मा’को ३ मिनेट भन्दा लामो टिजर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएयो चलचित्रको टिजर द्धिअर्थी लाग्ने संवादले भरिएको छ ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको टिजरमा मुख्य दुई कलाकारहरू नायक दयाहाङ राई र नायिका आँचल शर्मा छन् ।
एडल्ट विषयवस्तुमा तयार पारेको यो चलचित्रमा भित्र द्धिअर्थी लाग्ने संवादहरू प्रशस्त छन् । विशेषगरि, आँचलको संवादले पनि यो कुरा बुझाउँछ ।
हिमाल कडरियाको लगानी, सुदिप ढकाल कार्यकारी निर्माता, आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्रमा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देलको अभिनय छ ।
Tags: nepali movie