क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्र ‘दुखी आत्मा’को माग विदेशी बजारमा ह्वात्तै बढेको छ । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो चलचित्रको जापान वितरण अधिकार विक्री गरिएको हो ।
फागुन २ गतेदेखी प्रदर्शन हुने यो चलचित्रलाई जापानमा यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो । यूएनएका प्रमुख उज्ज्वल गुरागाँइले ‘दुखी आत्मा’को जापानमा उच्च माग भएकाले खरिद गरेकोले चलचित्र खरिद गरेको जनाए । चलचित्रलाई जापानमा पनि सोही मितिमा रिलिज गरिनेछ ।
हिमाल कडरियाको लगानी रहेको यो चलचित्रको अन्य देशहरुमा पनि कुरा भइरहेको निर्माणपक्षले जनाएको छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको चलचित्रका छायांकार आलोक शुक्ला हुन् ।
यो चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई, लोकेन्द्र लेखक, आशान्त शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।