Close sidebar

‘नरसिंहाः अवतार’को प्रदर्शन घोषणा, चैत्र २९ रिलिज हुने

पुस ११, २०८१

चलचित्र ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति घोषणा गरिएको छ । वितरण कम्पनी र निर्माताविच सल्लाहा गरेर बिहीवार यो चलचित्रलाई चैत्र २९ गतेबाट प्रदर्शन गर्ने घोषणा गरिएको हो ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रबाट राजेश हमालले ८ बर्षपछि चलचित्र क्षेत्रमा कमब्याक गर्दैछन् । यसैले, पनि यो चलचित्र घोषणा भएसँगै प्रतिक्षामा छ । चलचित्रमा नेम महर्जन, दीपक शर्मा ढकाल, धु्रव न्यौपाने र नरेन्द्र महर्जनको लगानी छ ।

चलचित्रमा राजेश हमालको साथमा राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार लगायतका कलाकारहरुको अभिनय छ । साथमा नीर शाह, सरोज खनाल, राजीव मानन्धर, सुशान्त श्रेष्ठ, उषा खड्गी, राजीव जंग बस्नेत, प्रकाश कुँवर, अमित गिरी, रमेश सोडारी, सरोज शाह, अमित श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभरका हलमा वितरण गर्दैछन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया