Close sidebar

१ रुपैयाँमै प्रेम गीत–३ हेर्ने होइन त ?

पुस ११, २०८१

अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको चलचित्र प्रेम गीत -३ १ रुपैयाँमै हेर्न पाइने भएको छ ।

नेपाल टेलिकमको प्लेटफममार्फत एनटीटीभी एपमा १ रुपैयाँमै यो चलचित्र हेर्न पाइने भएको हो ।

पुस १३ गते शनिबार एक दिन सबै चलचित्र प्रेमीहरूले साथीभाइका साथै परिवारसँग बसेर १ रुपैयाँमै फिल्म हेर्न सक्ने व्यवस्था मिलाएकाले सो मौका नगुमाउन टेलिकमले फेसबुकपेजमार्फत अनुरोध गरेको छ ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, प्रेम पुरी र सुनिल थापाको अभिनय छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया