चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा दुई मुख्य पात्र कलाकार लक्ष्मी गिरी र आशिर्वाद क्षेत्री जन्मथलो फर्किरहेको देख्न सकिन्छ ।
सुदीपभुपाल सिंहले निर्देशन गरेको यो चलचित्र मार्फत उनी ७ बर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको फिल्ममा निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको पनि अभिनय छ ।
मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको चलचित्रमा निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण, सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन गरेका छन् ।