Close sidebar

सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जको ‘न्यु एयर इभ–२०२५’ मा गायक एकदेव लिम्बुले प्रस्तुति दिने

पुस ८, २०८१

अग्रेजी नयाँ वर्षको अवसरमा सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जले आयोजना गर्न लागेको ‘न्यु एयर इभ–२०२५’ मा गायक एकदेव लिम्बु र कलाज्ञको मूख्य प्रस्तुती रहने भएको छ ।

आयोजक सोल्टीले पत्रकार सम्मेलन गर्दै आगामी पुष १६ गते साँझ हुने कार्यक्रमको सुरुवातमा महिला सांगीतिक समुह ‘ स्त्री ब्याण्ड ’ को प्रस्तुती , मध्यमा एकदेव लिम्बु र कलाज्ञ ब्याण्डको प्रस्तुती र अन्त्यतिर ‘डिजे पोंचिभो’ ले नेपालगन्जका दर्शकलाई मनोरञ्जन गराउने जनाएको छ ।

नेपालगन्जलाई सबैतिर चिनाउन र नेपालगन्जमा पनि राम्रो कार्यक्रम हुन्छ भन्ने सन्देश दिनको लागि पनि आफूहरुले सधैं चर्चित र नेपालगन्ज नआएका कलाकारलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गर्ने गरेको सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जका जनरल म्यानेजर राज विक्रम शाहले बताएका छन् ।

साँझ ६ बजेबाट सुरु भएर मध्यरात १२ बजेसम्म चल्ने कार्यक्रममा सहभागि हुनको लागि सिङगल टिकटको मुल्य रु १४९९/- राखिएको छ । सोही दिन डोर सेलमा भने उक्त टिकटको मूल्य रु २५००/- हुनेछ । जसमा ३३० एमएलको बियर अथवा सफ्ट ड्रिङग्स पाईनेछ । १० वर्ष भन्दा कम उमेरका बालबालिकाहरुको लागि प्रवेश निःशुल्क गरिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । न्यु एयर इभ कार्यक्रमको संचालन प्रतीकजंग शाही र प्रेरणा गिरीले गर्नेछन् । फुड स्टलतिर बस्ने व्यवस्था भएपनि कन्सर्ट हुने स्थलमा भने बस्ने व्यवस्था नहुने आयोजकले स्पष्ट पारेको छ ।

न्यु एयर इभमा त्यससँगै डोर प्राइज , लाइभ बार एण्ड फुड काउन्टर , फायरवर्क लगायतका सुविधा रहने कार्यक्रम संयोजक आकाश कुँवरले जानकारी दिएका छन् ।

कार्यक्रममा आजसम्म ३०० टिकट बिक्रि भइसकेको र करिब ६०० जना दर्शकको उपस्थिती रहने सोल्टी वेस्टण्ड प्रिमियरका मानव संशाधन प्रमुख खम्ब जंग शाहले बताएका छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया