काभ्रेको दाप्चामा चलचित्र ‘छक्का पन्जा ५’को टिमले सहयोग गरेको छ । बाढी प्रभावितका क्षेत्रमा खानेपानी सुविधा पुनःस्थापनाको लागि आइतबार दीपराज गिरी र निर्मल शर्मा लगायत चलचित्रको टिमले सहयोग गरेको हो ।
यो चलचित्रका निर्माता तथा कलाकार गिरी र कार्यकारी निर्माता निर्मल शर्माले धारा निर्माणको लागि आवश्यक सामाग्री प्रदान गरेका छन् । डेढ सय घरधुरीलाई खानेपानी सुविधा पुग्ने गरि धारा निर्माण गर्न लागिएको हो । दुई सातामा धारा बनिसक्ने बताइएको छ । यसपछि, धाराको शुभारम्भ गर्न फेरि ‘छक्का पन्जा ५’को टिम दाप्चा जानेछ ।
चलचित्र ‘छक्का पन्जा ५’को छायांकन पनि दाप्चामा गरिएको हो । धारा निर्माण सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कलाकार दीपकराज गिरीले आफूलाई दाप्चा आउँदा आफ्नै घरमा आएको आवास भएको पनि जनाए ।
‘छक्का पन्जा’को टिमले चलचित्र छायांकन भएको स्थानमा सहयोग गर्दै आएको छ । यसअघि पनि ‘छक्का पन्जा’ छायांकन भएको स्थल काभ्रेको पनौती नगरपालिकालाई एम्बुलेन्स प्रदान गरिएको थियो ।