Close sidebar

समीक्षाको चरित्रहत्या गर्ने को ?

पुस ७, २०८१

चर्चित गायिका समीक्षा अधिकारीले आफ्नो चरित्रहत्या गरिएको भन्दै साइबर ब्यूरोमा उजुरी दिने तयारी गरेकी छिन् । शनिबार सामाजिक संजालमा उनले लेखेको स्टाटसमा एआई प्रविधिको माध्यमबाट आफ्नो चरित्रहत्या गर्ने कोशिश गरिएको उल्लेख छ ।

उनले लेखेकी छिन्–‘एआई प्रयोग गरि मेरो चरित्रहत्या हुने भिडियो बनाएर भाइरल गरिएको देखेँ । यत्तिकै सिर्जनशीलता र समय राम्रो काममा खर्चिएको भए तपाइहरुको वर्तमान र भविष्य उज्ज्वल हुने थियो । मैले पनि कानुनी उपचार खोज्नुपर्ने थिएन । साइबर व्यूरो जाँदैछु ।’

उनले एआइको माध्यमबाट आफ्नो चरित्रहत्या भएको बताएकी छिन् । तर, उनको चरित्रहत्या कसले गर्यो भनेर खुलाएकी छैनन् ।

अहिले गीत संगीतमा निकै व्यस्त रहेकी उनी महोत्सवमा पुग्दा पनि कहिलेकाही अनावश्यक रुपमा गालीगलौज भोग्नु परेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया