Close sidebar

४९ दिनमा सकियो ‘होस्टेल ३’ छायांकन

पुस ७, २०८१

सशान कँडेलको निर्देशन रहेको चलचित्र ‘होस्टेल ३’को छायांकन ४९ दिनमा सकिएको छ । तर, केही कलाकारहरूको ‘बडी ट्रान्सफर्मेसन’ (शारीरिक परिवर्तन) आवश्यक पर्ने भएकाले अझै एक हप्ताको फुटकर छायांकन बाँकी रहेको निर्देशक कँडेलले जनाए ।

यसअघि फागुन १६ गते रिलिज हुने भनिएता पनि सो मितिमा रिलिज नहुने भएपछि चलचित्रको नयाँ रिलिज मिति छिट्टै घोषणा गरिने जानकारी पनि निर्माण टिमले दिएको छ । हाल चलचित्र पोस्ट-प्रोडक्सनको चरणमा छ ।

चलचित्रमा पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

‘होस्टेल’ शृङ्खलाबाट उदय हुनेहरूमा अनमोल केसी, स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, सुशील सिटौला लगायत पर्छन् । चलचित्रलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो । ‘होस्टेल ३’ को स्क्रिप्ट माधव शर्माले लेखेका छन् भने कथा निर्देशक कँडेलकै हो ।

अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदिप कुँवर मुख्य सहायक निर्देशक, यम प्रसाद ओली प्रोडक्सन डिजाइनर, शङ्कर कोइराला कार्यकारी निर्माता, कर्ण कार्की र गोविन्द अधिकारी निर्माता र सुरेश कँडेल सह-निर्माता हुन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया