चलचित्र ‘एक्लो’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । निर्माणपक्षले आइतबार सार्वजनिक गरेको पोस्टरमा डान्सर कविता नेपाली फिचर्ड भएकी छिन् । पोस्टरमा उनी सिङगल छिन् ।
साइन्स फिक्सनमा आधारित रहेर निर्माण भएको चलचित्रलाई निर्देशक प्रदीप शाहीले निर्देशन गरेका हुन् । चलचित्रलाई अपर मुस्ताङ र काठमाडौँमा छायांकन गरिएको हो । चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज हुन् । शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको छ।
चलचित्र ‘एक्लो’का निर्माता राजु कुमार गुरुङ,हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, संगिता वादी श्रेष्ठ,भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज रहेका छन् ।बाबु श्रेष्ठले छायाँकन गरेको चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन छ ।
चलचित्रमा प्रदीप खड्का, बेनिसा हमाल,विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी,एवन राज उप्रेति ,कविता नेपाली , त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोद सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेभिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ । हलिउड कलाकार जेमी बेकम बेलायतको निर्माण साझेदारको रूपमा समेत जोडिएका हुन् ।