Close sidebar

रवि लामिछानेलाई भेट्न् हिरासतमै पुगे दीपक

पुस ५, २०८१

अभिनेता दीपकराज गिरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उनले हिरासतमै पुगेर रविसँग भेट गरेका हुन् ।

सहकारी ठगी प्रकरणमा कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका रविलाई भेटेपछी उनले आफ्नो फेसबुकमा एउटा स्टाटस पोस्ट गरेका छन् । दीपकले रवि र आफ्नो पुरानो फोटो राख्दै देखेका छन्, ‘म थुनामा भेट्न गएँ उहाँलाई । प्रहरीले क्यामरा ढोका मैँ लियो, त्यसैले भित्रको फोटो खिच्न पाउने कुरै भएन । मलाई सत्तामा भएका मान्छेसँग खासै भेट्न मन लाग्दैन । त्यसैले उहाँ मन्त्री हुँदा पनि भेटघाट भएन मेरो । तर थुनामा चाहिँ भेट्न जान मन लाग्यो ।’

साथीलाई सुखमा नभई दुःखमा भेट्नुपर्छ भन्ने मान्यता अनुसार रविलाई भेट्न गएको उनले लेखेका छन् । ‘उहाँसँगको भेटमा उहाँ आत्मविश्वासी हुन हुन्थ्यो । डर, त्रास वा हीनताबोध केही थिएन,’ उनले अगाडि लेखेका छन् ।

रवि दोषी वा निर्दोष के हो भन्न नसक्ने पनि भन्दै उनले लेखेका छन्, ‘तपाई दोषी हो वा निर्दोषी, त्यो त मैले भन्ने कुरा होइन । तर, धेरै मानिसको विश्वास छ तपाई निर्दोष हुनुहुन्छ। ’

रवि लामिछाने र दीपकराज गिरी तीन दशक पुराना साथीहरु हुन् । यसअघि दीपकले गत कात्तिक २४ मा काठमाडौंबाट पोखरा पुगेर रविसँग भेट गरेका थिए । सोक्रममा पनि उनले रवि आत्मविश्वासले भरिपूर्ण देखिएको बताएका थिए ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया