Close sidebar

फागुन २९ बाट सुशिलको ‘आउटलः दफा २१९’ रिलिज हुने

पुस ५, २०८१

असोजको ३ गतेबाट पोष्टपोन्ड भएको चलचित्र ‘आउटलः दफा २१९’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र अब फागु पुर्णिमाको अवसर पारेर फागुनको २९ गतेबाट नेपालभर रिलिज हुने पक्का भएको हो ।

विक्की महर्जनको निर्देशन तथा अमित अग्रहरिको निर्माणमा तयार भएको सार्वजनिक नयाँ पोष्टरमा नायक सुशिल श्रेष्ठको लुक्स गज्जब छ । हातमा हतियार बोकेर बसेका सुशिलको अनुहारमा रगतको छिटा देख्न सकिन्छ । यसले पनि चलचित्र कुन जनरामा निर्माण भएको छ भनेर सजिलै वुझ्न सकिन्छ ।

चलचित्रमा सुशिलको साथमा शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, सोनी लगुनको अभिनय छ ।

विनोद कठायत कार्यकारी निर्माता रहेको यो चलचित्रमा विकास चौधरी सह–निर्माताको रुपमा छन् । चलचित्रमा नविन गुरुङको डीओपी, साहिल खानको सम्पादन, विक्की महर्जनको लेखन, चुल्ठे काजीको एक्सन छ ।

चलचित्रका लागि यसको निर्माणपक्षले ४० लाख खर्च गरेर नयाँ एक्सनको दृश्य पनि खिचेको छ । जसकाकारण, चलचित्रको नयाँ प्रदर्शन मिति सार्वजनिक गर्न केही ढिलाई भएको निर्माणपक्षले बताएको छ ।

यो चलचित्रले नायक सुशिल श्रेष्ठलाई फिल्म क्षेत्रमा बलियो कमब्याक गराउने अपेक्षा गरिएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया