Close sidebar

‘झिल्को’को मिती हेरफेर, १९ वैशाखमा रिलिज हुँदै

पुस ५, २०८१

चलचित्र ‘झिल्को’को मिती हेरफेर भएको छ। अब यो चलचित्र १९ वैशाखमा प्रदर्शन हुने भएको हो । यसअघि (पुस ५)मा प्रदर्शन मिति तोकेको यो चलचित्रको प्राविधिक कारणले प्रदर्शन गर्न नसकिएको निर्माणपक्षले बताएको छ ।

यादवकुमार भट्टराई निर्देशित यो चलचित्रमा सुनील पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाललगायतको अभिनय छ । मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या, त्यसले परिवार र समाजलाई पार्ने प्रभावबारे यो चलचित्र निर्माण गरिएको हो ।

सती प्रथाको कथामा निर्माण गरेका भट्टराईले त्यसपछि सन् २०१९ मा दाइजो विरोधी चलचित्र ‘भोर’ बनाएका थिए। निर्देशक भट्टराईसहित अरूणदेव जोशी र देवव्रतले यो चलचित्रको पटकथा तथा संवाद तयार पारेका हुन्। निर्माता सुशीला आचार्य र रामगोपाल थापा हुन् भने कार्यकारी निर्माता उमेश पौडेल रहेका छन् । यो चलचित्रमा दीपक बज्राचार्यको छायांकन तथा चण्डीप्रसाद काफ्ले र दीपक शर्माको सङ्गीत छ । निमेश श्रेष्ठले सम्पादन गरेको चलचित्र मिडिया फर कल्चर प्रालिको प्रस्तुतिमा बनेको हो ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया