Close sidebar

‘पिताम्बर’को फस्टलुकसँगै रिलिज घोषणा, चैत्र २९ मा आउने

पुस ५, २०८१

कृषा चौलागाईंको निर्देशनमा बनेको चलचित्र ‘पिताम्बर’को फस्टलुक सँगै प्रदर्शन मिती घोषणा गरिएको छ । शुक्रबार निर्माणटिमले यो चलचित्रको पोस्टर रिलिज गर्दै प्रदर्शन घोषणा गरिएको हो ।

यो चलचित्रको फस्टलुकमा मुख्य कलाकारहरू दयाहाङ राई, सौगात मल्ल र प्रदीप खड्कालाई देख्न सकिन्छ । जहाँ, प्रदीप एङ्ग्री अवतारमा छन् । सौगातको पनि एक्सन अवतार छ भने दया केही कुल देखिएका छन् ।

यो चलचित्रलाई नयाँ बर्षको अवसर पारेर चैत्र २९ गतेबाट रिलिज गर्ने घोषणा गरेको छ । ७० दिनमा छायांकन सकिएको चलचित्रलाई निर्देशक चौलागाईंले आफ्नो ड्रिम प्रोजेक्ट बताउँदै आएकी छिन् ।

पुरुषोत्तम प्रधानको छायाँकन रहेको चलचित्रमा विशाल चौलागाईंको लगानी छ । प्रदीप भारद्वाजको लेखन, हिमाल केसीको एक्सन रहेको चलचिर्त्र ५ करोड बजेटमा निर्माण गरिएको हो ।

केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मसँग सहकार्य गर्दै निर्माण गरेको चलचित्रमा दिव्या रायमाझी, अनुप विक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्य देव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव बिष्ट, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया