नायक सौगात मल्लको प्रमुख भूमिका रहेको चलचित्र ‘बम बहादुर’ आजबाट प्रदर्शनमा आएको छ । यो चलचित्र भारत र नेपालमा एकसाथ प्रदर्शनमा आएको हो । १९८० को दशक, अर्थात् आजभन्दा करिब ३८ वर्षअघि भएका घटनाहरूमा आधारित यो चलचित्रले त्यति बेलाको सामाजिक र राजनीतिक पृष्ठभूमिलाई चित्रण गर्दै भारतीय नेपाली समुदायले भोगेको संघर्षलाई सजीव रूपमा प्रस्तुत गरेको छ।
बिस्ट ब्रदर्स फिल्म्स प्रालिको निर्माणमा बनेको चलचित्रमा सौगात मल्लको प्रमुख भूमिका रहेको छ। यस्तै, प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिष्ट कार्की, सुरेश पन्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री, र धीरज चाम्लिङलगायतको अभिनय रहेको छ।
चलचित्रको कथा र पटकथा जोन राई र रुपेश तामाङले लेखेका हुन्। छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादन ज्ञान गुरुङले गरेका छन् । दीपङ्कर सिंह मुखियाको सङ्गीत र गीत रहेको यो चलचित्रको म्युजिक एरेन्जमेन्ट तथा ब्याकग्राउन्ड स्कोर इजाज अलीले तयार पारेका छन्।