Close sidebar

कमल बिरही थापाको ‘सुनतारा’ बजारमा

पुस ४, २०८१

काठमाडौं । लोकदेउडा गायक कमल बिरही थापाले देउडा गीत सुनतारा बजारमा ल्यायाका छन्। इजू, उडिगै डालिका मैना, चिना हरायाको मान्छे, निलकमल फुल्यो जस्ता थुप्रै चर्चित गीत बजारमा ल्याइसकेका थापाले नयाँ सांगीतिक कोसेली बजारमा ल्याएका हुन्। उनले गीत आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेका छन्। रेस विसीको निर्देशन र जानकी थापा मगरको निर्माणमा बनेको गीतमा थापालाई तुलसी घर्ती मगरले स्वरमा साथ दिएकी छन्।

अभिनयमा रेस विसी, निरुता विष्ट र गोपाल चौलागाईंको छन्। संगीत संयोजन तेजेन्द्र गुरुङको र क्यामरासँगै भिडियो सम्पादन कमल सुनारको छ।

थापा देउडा क्षेत्रका पुराना गायक हुन्। आजभोली उनी जिविकोपार्जनका लागि दक्षिण कोरिया छन्। परदेश भए पनि उनले नेपाली गीत/संगीतखी भुलेका छैनन्। परदेशैबाट पनि उनी सांगीतिक क्षेत्रमा सकेको योगदान पुर्याइरहेका हुन्छन्। उनले आगामी दिनमा पनि गीत बजारमा ल्याउन्या सोच रहेको बताए।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया