चलचित्र ‘चिठ्ठा’ निर्माण हुने भएको छ । पुसको दोस्रो साताबाट फ्लोरमा जाने चलचित्रको निर्देशन आरएल लामा मोक्तानले गर्नेछन् । यसको कथा, पटकथा तथा संवाद स्वंयम् निर्देशक लामाले नै तयार गरेका हुन् ।
कमेडी जनरामा निर्माण हुने यो चलचित्र लंका फिल्म प्रालिको व्यानरमा निर्माण हुनेछ । चलचित्रमा धिरेन शाक्य, भोलाराज सापकोटा, अर्जुन गुरुङ, निमा लामा, रसिला कार्की लगायत कलाकारको अभिनय रहनेछ । रेल्लु माया तामाङ प्रस्तुतकर्ता रहेको चलचित्रमा आर सुनाम मोक्तानको लगानी रहनेछ । मियम मोक्तान सह–निर्माता रहेको चलचित्रको छायांकन सञ्चु थोकर, द्धन्द्व शंकर महर्जनको रहनेछ ।