Close sidebar

‘देव वाणी’ सफलताको कामना गर्दै काल भैरवमा पूजा

पुस ४, २०८१

प्रतिक्षित चलचित्र ‘देव वाणी’ यही पुस १० गतेदेखि प्रदर्शनमा आउन लागेको छ। चलचित्र रिलिज मिति नजिकिइरहेका बेला सफलताको कामना गर्दै निर्माण पक्षले काल भैरव मन्दिरमा पूजा गरेको छ।

निर्देशक बाबु साहेव बलामी, नायिका अनुजा लेप्चा, कार्यकारी निर्माता मन कुमार लेप्चा, रमेश ढुंगेल झापालीलगायतको उपस्थितिमा गरिएको पूजामा काल भैरवलाई कालो धजा चढाइएको छ भने १०८ वटा दीप प्रज्ज्वलन गरिएको छ।

पूजापछि पत्रकारसँग कुरा गर्दै निर्देशक बलामीले चलचित्रले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे। प्रचारको लागि चलचित्रका नायक कुन्दन भारद्धाज केही दिनमै नेपाल आउने उनले बताए। नायिका लेप्चाले चलचित्रलाई लिएर आफू उत्साहित रहेको प्रतिक्रिया दिएकी छन्।

चलचित्रमा अभिनेता भारद्धाज र अभिनेत्री लेप्चालाई डेब्यू गराइएको छ। बलामीको निर्देशनमा निर्माण भएको चलचित्रमा कुन्दन र अनुजाका अलवा सुनिल थापा, ध्रुब कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिनालगायतको अभिनय छ।

एक्सन प्रधान चलचित्रमा कुन्दन र अनुजाको स्क्रिन रोमान्स हेर्न पाइने निर्माण पक्षले बताएको छ। चलचित्रलाई सिमरा, वीरगन्ज, र काठमाडौंमा छायांकन गरिएको हो। नेपाली र हिन्दी भाषामा निर्माण गरिएको चलचित्रलाई मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य र कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन्।

हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रको प्रस्तुतकर्तामा मौसम पौडेल छन्। मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता मन कुमार लेप्चा र रमेश ढुंगेल झापाली हुन्।

चलचित्रमा तेञ्जु योञ्जन र रामजी लामिछानेको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ। मूभि पोइन्टमा प्रोष्ट प्रोडक्सन गरेको चलचित्रमा मनोहर सुनामको संगीत, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, प्रबिन ढकालको कलर ग्रेडिङ र बन्दे प्रसादको सम्पादन रहेको छ। सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया