Close sidebar

माघ २५ मा प्रियंका र दीयाको हरर चलचित्र ‘ममी’ रिलिज घोषणा

मंसिर १९, २०८१

अभिनेत्रीद्धय प्रियंका कार्की र दीया मास्केको मुख्य भूमिका रहेको चलचित्र ‘ममी’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी माघ २५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

सार्वजनिक पोस्टरमा एउटा ठुलो रुखको फेदमा घर अनि प्रियंका र दीयालाई सोही रुखको आकारमा प्रस्तुत गरिएको छ । पोस्टरमा प्रियंकालाई गम्भिर भावमा प्रस्तुत छिन् भने दीयाको रगताम्य अनुहारसहित डरलाग्दो अवतारमा प्रस्तुत छिन् । हरर फ्यामिली ड्रामा कथामा निर्माण भएको चलचित्रले एक परिवारमा छोरी र कुकुरको दुखद् निधन पश्चात रहस्यमय कालो बिरालो अपनाएसँगै निम्तने विपत्तिलाई दखाउने छ ।

एसओ ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा प्रियंका र दीयासँगै सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाल लगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा समर निरौलाको लेखन तथा निर्देशन रहेको छ । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो ।

लोक राज जोशी र पूर्णिमा जोशी निर्माता अनि सुमन कोइराला कार्यकारी निर्माता रहेको चलचित्रलाई निसल पौडेल र शरद महतोले छायांकन गरेका हुन् । दिपेश चौधरीको कलर तथा सुरेन महर्जनको सम्पादन रहेको चलचित्रलाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया