Close sidebar

सौगातको ‘कल्ली’मा वर्षा र नाजिर पनि भित्रिए

मंसिर १९, २०८१

पौषको १० गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘कल्ली’मा कलाकारहरुको लाइनअप बलियो बनिरहेको छ । एकपछि अर्को पावरफूल कलाकारहरु भित्रिएपछि लाइनअप बलियो बनेको हो ।
चलचित्रमा नायक नाजिर हुसेन र नायिका वर्षा राउतको प्रवेश भएको छ ।

चलचित्रका निर्माता किरण नेपालीले दुबै कलाकारहरुसँग कागजी रुपमा संझौता गरेको पुष्टि गरे । यी दुबै कलाकारहरुको भूमिका के हो भन्ने बिषयमा केही पनि खुलाइएको छैन ।

चलचित्रमा नायक सौगात मल्ल, अर्पण थापा, वुद्दि तामाङ, कमलमणी नेपाल र नायिका बेनिशा हमाल फाइनल भइसकेका छन् । केही साता अगाडि मात्र कलाकार उत्तम प्रधानलाई पनि फिल्ममा भित्राइएको थियो । यस्तै, चलचित्रमा माओत्से गुरुङ, रविन्द्र झा, विनोद न्यौपाने, रेअर राई पनि फाइनल भइसकेका छन् ।
रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको संयुक्त व्यानरमा निर्माण हुन लागेको चलचित्रमा निसाल पौडेलको छायांकन, एसडी योगीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी रहने पक्का भइसकेको छ ।
किरण नेपालीको लगानीमा बन्न लागेको यो चलचित्रमा लक्ष्मण सुनारको लेखन एवं निर्देशन रहनेछ । चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रको कथावस्तु यसपटक निकै फरक रहेको निर्माणपक्षको दाबी छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया