चलचित्र ‘फेरि रेशम फिलिलि’ को छायांकन इन्ड्क्ल्याप गरिएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार चलचित्रको ३५ दिनमा सम्पूर्ण छायांकन सकिएको हो ।
निर्देशक निरोज महर्जनको लेखन तथा निर्देशन रहेको चलचित्रको छायांकन अवधी ४५ दिनको थियो । तर, कलाकार र प्राविधिकको सहयोग र मिहिनेतका कारण निर्धारित समयभन्दा अगाडि नै चलचित्रको सम्पूर्ण काम सकिएको निर्माणपक्षले जनाएको छ ।
रौनक विक्रम कडेल निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता सुरज बम ठकुरी हुन् भने सहनिर्माता एनी थापा हुन् । चलचित्रको पटकथा निरोज महर्जन र आकाश बरालको छ ।
सुजन प्रजापतिको छायांकन रहने चलचित्रमा सम्पादन सुरेन्द्र पौडेलले गर्नेछन् । संगीत कालीप्रसाद बास्कोटा, एसीडी योगी, हर्क साउद, कल्याण सिंह, जयन वाइवा, दीपक शर्माको रहनेछ ।
सिनेमा आर्टसको प्रस्तुति र दि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको चलचित्रमा विनय श्रेष्ठ, कामेश्वर चौरसिया, सुपुष्पा भट्ट, नीर शाह, रवीन्द्र झा, प्रकाश घिमिरे, लक्ष्मी गिरी, महेश त्रिपाठी, एलनराज उप्रेतीलगायत कालाकारको अभिनय छ ।