यो बर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा नायिका स्वस्तिमा खड्का आकर्षकको केन्द्र बनिन् । बुधवार आयोजना भएको यो कार्यक्रममा स्वस्तिमा रातो साडी लगाएर पुगेकी थिइन् । तर, यसपटक उनले लगाएको सारी अरु बेलाको भन्दा विशेष थियो । स्वस्तिमा खड्काको सारीमा लालिगुराँसको बुट्टा भरिएको थियो । लालिगुराँस नेपालको राष्ट्रिय फूल हो ।
हरेक कार्यक्रममा पुग्दा आफूलाई फरक रुपले उभ्याउने स्वस्तिमाले यो पटक पनि आफ्नो पहिरनमा नेपाललाई प्रतिनिधित्व गरेकी थिइन् । राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट अवार्ड थाप्ने भएकाले पनि स्वस्तिमाले यस्तो पहिरन लगाएकी हुन् ।
चलचित्र ‘दिमाग खराब’बाट ‘उत्कृष्ट नायिकाको अवार्ड’ पाएकी स्वस्तिमाको सिउँदोमा सिन्दुर पनि निकै मिलाएर लगाएको देखियो । स्वस्तिमा सामान्य कार्यक्रममा पुग्दा सिउँदो सिन्दुर लगाउँदिनन् । तर, आफ्ना श्रीमान् निश्चल बस्नेतसँग पुगेकी स्वस्तिमाले सिउँदो मिलाएर लगाएकी थिइन् । जसका कारण उनी निकै सुन्दर देखिएकी थिइन् ।