Close sidebar

नेपालगन्जको सिनेरोयलमा चलचित्र ‘१२ गाउँ’ पुनः प्रदर्शन हुदै

मंसिर १०, २०८१

नेपालगन्ज, नेपालगन्जको सिनेमाघर सिनेरोयलमा चलचित्र ‘१२ गाउँ’ पुनः प्रदर्शन हुने भएको छ । सिनेरोयलका सिईओ रितेश श्रेष्ठका अनुसार दर्शकबाट १२ गाउँ चलचित्रको माग बढेपछि चलचित्रलाई पुनः प्रदर्शन गर्न लागेको बताए। श्रेष्ठका अनुसार अन्य चलचित्र प्रदर्शन हुँदै गर्दा चलचित्र १२ गाउँको नाम धेरै दर्शक बाट आयो र चलचित्र प्रदर्शनका बेला धेरैले चलचित्रको टिकट नपाएर फर्किनु परेको गुनासोलाई पनि मध्यनजर गर्दै चलचित्रलाई पुन प्रदर्शन गरिएको बताए ।

चलचित्रलाई भोलि दिउँस १२:३० को एक शो प्रदान गरिएको छ । दर्शकको माग बढेमा अन्य शो समेत थपिने श्रेष्ठले बताए। चलचित्रले नेपालगन्जको सिनेरोयलमा २४ दिनको प्रदर्शन यात्रा तय गरेको थियो।

एक्सन स्टार बिराज भट्टको अभिनय/निर्देशन रहेको चलचित्र ‘१२ गाउँ’मा समीर भट्ट, पूर्व ‘मिस नेपाल इन्टरनेशनल’ न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, भिष्म जोशी, तारा शर्मा, शुलेमान शंकर (इकु), किशोर भट्ट, सन्तोष सरकार, स्टन्ट सिल्भा (साउथ फिल्मका चर्चित कलाकार) लगायतको पनि अभिनय रहेको छ । चलचित्रमा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ भने विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ । फिल्ममा साउथका स्टन्ट सिल्भाको द्वन्द्व निर्देशन छ । उनलाई शंकर महर्जनले सघाएका छन् । महेश पौडेलले यो चलचित्रलाई खिचेका हुन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया