Close sidebar

नेपालगन्जस्थित मङ्गल प्रसाद नमूना मा.बि.का २१० बिद्यार्थीहरुले हेरे चलचित्र “पूर्णबहादुरको सारङ्गी”

मंसिर ८, २०८१

नेपालगन्ज, आज शनिबार नेपालगन्जस्थित मङ्गल प्रसाद नमूना मा.बि.का २१० बिद्यार्थीहरुले क्यूएफएक्स सिनेमाज बागेश्वरीमा चलचित्र पूर्णबहादुरको सारङ्गी हेरेका छन् ।

संभवतः सामुदायिक विद्यालयतर्फ यसरी बिद्यार्थीहरु लगेर चलचित्र पूर्णबहादुरको सारङ्गी देखाउने बाँकेमा मङ्गल प्रसाद नमूना मा.बि. पहिलो विद्यालय हो ।

प्रधानाध्यापक सन्ध्या गुप्ता , खेलकुद शिक्षक इन्द्र सिंह डाँगी , सुमित मिश्रा , शिक्षिका शिवानी सिंह , स्नेहा सिंह लगायतको समन्वयमा बच्चाहरुको भविष्य बनाउन बुवाले गर्ने संघर्षको बारेमा विद्यार्थीले चलचित्रबाट केही शिक्षा प्राप्त गरोस् भनेर यसरी चलचित्र देखाउन लागेको विद्यालयले जनाएको छ ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा प्रकाश सपुतसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय रहेको छ ।
सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रका निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन् । चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको हो। सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथा बोल्छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया