Close sidebar

पल शाह लगायत ‘पुजार सार्की’को टिम आज नेपालगन्जमा

जेष्ठ १९, २०८१

नेपालगन्ज, यहि जेठ १० गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘पुजार सार्की’ अहिले दोश्रो सातामा भब्यता साथ देशभरिका हलहरुमा प्रदर्शन भइरहेको छ ।


काठमाडौका हल सङै चलचित्रले मोफसलका हलहरुमा पनि राम्रो ब्यापार गरिरहेको छ। देशब्यापी संगै मोफसल नेपालगन्जमा चलचित्रले दोश्रो हप्तामा पनि राम्रो व्यापारको गरिरहेको छ ।


चलचित्र प्रदर्शन हुँदै गर्दा चलचित्रको टिमले राजधानीका विभिन्न हलमा पुगि दर्शक प्रतिक्रिया लियको थियो । यसै क्रमलाई निरन्तरताका दिदै चलचित्र टिम आज नेपालगन्जको सिनेरोयल र क्युएफएक्समा आउने भएको छ । नेपालगन्जका दर्शकले चलचित्रलाई राम्रो साथ दिएको र चलचित्रको नेपालगन्जमा राम्रो माहोल बनाएको हुनाले पनि दर्शक र सिनेमाघर परिवारलाई धन्यवाद दिन पुजार सार्की टिम नेपालगन्ज आउन लागेको हो।


आज टिमले हल भिजिट गर्नुका साथै दर्शक संगै चलचित्र हेर्ने र प्रतिक्रिया लिने र पत्रकार संग अन्तरक्रिया समेत गर्ने बताइएको छ। चलचित्रको टिम तर्फ निर्देशक दिनेश रावत , अभिनेता पल शाह , मिडिया कोडिनेटर जीवन पराजुली लगायतको टिम रहने छ । नेपालगन्ज पछि चलचित्रको टिम क्रमशः दाङ र धनगढी जानेछ ।


दिनेश राउतको निर्देशनमा तयार भनेको चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् । चलचित्रमा आर्यन सिक्देल , प्रदिप खड्का , पल शाह,अञ्जना बराइली,परीक्षा लिम्बु,मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन् । चलचित्रमा भुसालकै संगीत निर्देशन छ । राजेश श्रेष्ठको डिओपी रहेको चलचित्रमा सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया