Close sidebar

नेपालगन्जमा भोलि ‘पुजार सार्की’को टिम आउने

जेष्ठ १८, २०८१

नेपालगन्ज, यहि जेठ १० गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘पुजार सार्की’ अहिले दोश्रो सातामा भब्यता साथ देशभरिका हलहरुमा प्रदर्शन भइरहेको छ ।


काठमाडौका हल सङै चलचित्रले मोफसलका हलहरुमा पनि राम्रो ब्यापार गरिरहेको छ। देशब्यापी संगै मोफसल नेपालगन्ज चलचित्रले दोश्रो हप्तामा पनि राम्रो व्यापारको गरिरहेको छ ।


चलचित्र प्रदर्शन हुँदै गर्दा चलचित्रको टिमले राजधानीका विभिन्न हलमा पुगि दर्शक प्रतिक्रिया लियको थियो । यसै क्रमलाई निरन्तरताका दिदै चलचित्र टिम भोलि नेपालगन्जको सिनेरोयल र क्युएफएक्समा आउने भएको छ । नेपालगन्जका दर्शकले चलचित्रलाई राम्रो साथ दिएको र चलचित्रको नेपालगन्जमा राम्रो माहोल बनाएको हुनाले पनि दर्शक र सिनेमाघर परिवारलाई धन्यवाद दिन पुजार सार्की टिम नेपालगन्ज आउन लागेको हो।


भोलि टिमले हल भिजिट गर्नुका साथै दर्शक संगै चलचित्र हेर्ने र प्रतिक्रिया लिने र पत्रकार संग अन्तरक्रिया समेत गर्ने बताइएको छ। चलचित्रको टिम तर्फ निर्देशक दिनेश रावत , अभिनेता पल शाह , मिडिया कोडिनेटर जीवन पराजुली लगायतको टिम रहने छ । नेपालगन्ज पछि चलचित्रको टिम क्रमशः दाङ र धनगढी जाने छ ।


दिनेश राउतको निर्देशनमा तयार भनेको चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् । चलचित्रमा आर्यन सिक्देल , प्रदिप खड्का , पल शाह,अञ्जना बराइली,परीक्षा लिम्बु,मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन् । चलचित्रमा भुसालकै संगीत निर्देशन छ । राजेश श्रेष्ठको डिओपी रहेको चलचित्रमा सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया