नेपालगन्ज,जेठ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र `फर्की फर्की´ यति बेला चर्चामा छ । चलचित्रले सार्वजनिक गरेको पोस्टर, टिजर , ट्रेलर देखि गीत सम्म आउदा दर्शकलाई चलचित्रले आफू प्रती आकर्षित गरेको छ । चलचित्रको नाम संगै चलचित्रको शिर्ष गीत `फर्की फर्की´ पनि यति बेला चर्चामा छ । सार्वजनिक भएको एक सातामै चलचित्रको गीतलाई युट्युबमा १२ लाख भन्दा बढी भ्युज मिलेको छ । एक साता अगाडि मात्रै रिलिज भएको गीतलाई दर्शकले रुचाएका छन् ।
गीतको भिडियोमा अनमोल सङ जसिताको जोडि सुहाएको छ । गीतको भिडियोमा दर्शकले चलचित्र हेर्न अफुहरु आतुर रहेको , चलचित्रको गीत आकर्षक बनेको जस्ता कम्नेट गरेका छन् भने कतिपयले अनमोलको लुक्स स्टाईल र नृत्यको तारिफ समेत गरेका छन । रोमन बज्राचार्य र निकिता थापाको स्वर रहेको गीतमा रोमनकै शब्द तथा संगीत छ । गीतको भिडियोमा किरण थापाको कोरियोग्राफी, विजेश पौडेलको सम्पादन छ । चलचित्रको गीतमा मुख्य कलाकारहरु नायक अनमोल केसी र नायिका जसिता गुरुङलाई फिचरिङ गरिएको छ ।
सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् भने मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ । चलचित्र ‘फर्की फर्की’लाई नरेन्द्र मैनालीले खिचेका हुन् भने सुरेन्द्र पौडेल यसका सम्पादक हुन् । रोमन बज्राचार्य र नरेन लिम्बु चलचित्रका संगीतकार हुन् । चलचित्रमा अष्ट महर्जनको एक्सन छ ।
चलचित्रले टाइम लुपको कथालाई उठान गरेको छ । ट्रेलर सार्वजनिक भएसँगै यसले दर्शकको माया पाइरहेको छ । यसैले, जेठको १० गते बक्स अफिसमा चलचित्रले बम्पर ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।